एमालेको आरोपलाई काउन्टर दिन अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

नेपालखोज २०७८ चैत २८ गते १५:५७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि शर्माको चर्को विरोध भएको छ ।

अर्थमन्त्री शर्माको आलोचना भइरहेको बेलामा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनको पत्रकार सम्मेलनलाई महत्वपूर्णरुपमा हेरिएको छ । पत्रकार सम्मेलनमार्फत उनले मुलुकको अहिलेको आर्थिक अवस्थाबारे पनि प्रकाश पार्ने जनाइएको छ ।

आइतबारमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले पत्रकार सम्मेलन गरेर अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लगाएका थिए । उनीहरुले अर्थमन्त्री शर्माकै कारण मुलुकको आर्थिक अवस्था यो हालतमा पुगेको बताएका थिए ।

प्रतिक्रिया