जापान जान लागेकी युवतीको झोलामा गोली, विमानस्थलबाटै पक्राउ
नेपालखोज
२०७८ चैत २८ गते १६:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले एक राउण्ड गोलीसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली छन् ।
त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको जहाजबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्ने क्रममा झोला भित्र गोली भेटिएको हो । झोलामा गोली भेटिएपछि घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया