आइतबार, पुष ६, २०८२

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल-एम स्मार्ट

नेपालखोज २०७८ चैत २८ गते २०:२२


काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोवाईल बैंकिङ एप, एमबीएल-एम स्मार्टको सुरुवात गरेको छ । यसअघि माछापुच्छ्रे मोवाइल मनी (एम ३) को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबीएल-एम स्मार्टकोरुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबीएल-एम स्र्माट एपमा आफैले पास वर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेसन गर्न सकिने मोवाइल बाटै खाता खोल्न सकिने, मोवाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यु आर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ । बैंकले एमबीएल–एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ ।

समयसापेक्ष आफ्ना सेवा सुविधालाई थपपस्किृत र परिमार्जित गर्दै लैजाने रणनीती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्यसहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक वी च्याट पे सुरुवात गरेको थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट ‘माया’ पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ, आफ्नै वालेट , रेमिट एप लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । नयाँ-नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफूलाई एउटा स्मार्ट बैंककोरुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ ।

यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ सेवालाई अर्को तहमा पुर्याउने उदेश्यसहित बैंकले मोवाईल बैैकिङ एप एमबीएल–एम स्मार्ट संचालनमा ल्याएको हो । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत् १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया