अन्तर्राष्ट्रिय सडक बालबालिका दिवसका अवसरमा साथसाथले ज्यान गुमाएका बालबालिकालाई यसरी सम्झियो (फोटो फिचर)

काठमाडौं । अन्तर्राष्ट्रिय सडक बालबालिका दिवसको अवसरमा साथसाथ संस्थाले कोभिड विपद तथा अन्य कारणले ज्यान गुमाएका सडक बालबालिकाको सम्झनामा दीप प्रज्जवलन गरेको छ । साथसाथ संस्थाले बालबालिको सम्झनामा यो कार्यक्रम वर्षेनी गर्दै आएको छ ।
साथसाथ संस्थाका विद्यार्थीले दिप प्रज्वलन गर्दै विभिन्न कारणले ज्यान गुमाएका बालबालिकाको चिर शान्तिको कामना गरेका छन् । कार्यक्रमा राजिब कार्कीले भने, ‘कहिले पनि नदेखेको र सडक बालबालिकाको सम्झनाका चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न पाउँदा खुसी लागेको छ । उनीहरुको चिर शान्तिको बैकुन्ठमा बास होस ।’
साथसाथकी कविता शाहले बालबालिका संरक्षण अधिकार स्थापनको लागि आवाज उठाइरहेको बताइन् । विभिन्न विपद्बाट ज्यान गुमाएका सडक बालबालिको सम्झनामा दिप प्रज्वलन कार्यक्रम भने आजै गरिएको छ । अन्तर्राष्ट्रिय सडक बालबालिका दिवस भने अ्रपिल १२ मा पर्छ । अघिल्लो दिन उनीहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको हो । भोली पनि विशेष कार्यक्रमहरु गरेर ज्यान गुमाएका बालबालिकालाई सम्झिने बताइएको छ ।

बालबालिकाको हकहित र उनीहरुले पनि बाच्न पाउनु पर्छ भनेर साथसाथ संस्थाले आवाज उठाइरहेको बताएको छ । उनीहरु बाच्न पाउनुपर्छ र उनीहरुको संरक्षण गर्न सरकारलाई संस्थाले आग्रह गरेको छ ।
साथसाथ विगत २४ बर्ष देखि जोखिम परिस्थतीमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवसीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई समाजमा पुर्नस्थापना गर्नु रहेको छ । साथसाथले त्यस्ता जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई औपचारीक र अनौपचारीक शिक्षा, सीप मुलक÷व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरुको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथैे हाल आएर सडक बालबालिका तथा सडकसंग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ ।
समग्र बालअधिकार, संरक्षणका लागि सचेतना फैलाउने, आम जनसमुदाय, जुन सुकै परिस्थितिमा रहेका बालबालिका तथा युवालाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणाको विकास गराई, बालबालिका तथा युवाको पक्षमा जनवकालत गर्न तथा राजधानी लगायत विभिन्न शहरहरुमा आफनो घर छाडी सडक, श्रमिक तथा जोखिम परिस्थितिका बालबालिका तथा युवाको उत्थान गरी आर्थिक, सामाजिक, शैक्षिक एवं नैतिक विकास गराउन र बाल अधिकार सुनिश्चित गर्नका लागि संवेदनशील र प्रभावकारी तरीकाबाट काम गर्न यस संस्थाको स्थापना भएको हो र बालबालिकाको लागि भनेर आज सम्म बनाईएका नीति नियम, ऐन कानून अनि अन्तराष्ट्रिय सन्धि, महासन्धिमा हस्ताक्षर गरी जुन प्रतिबद्धता नेपाल सरकारले जनाएको छ, त्यसको कार्यान्वयन गराउन तथा बालबालिका र युवाहरु को हितमा सदैव काम गर्न सरकार एवम सम्बन्धित पक्षलाई दवाव सृजना गराउने कुरामा पनि यो संस्था क्रियासिल रहेको छ ।
हरेक वर्ष अप्रिल १२ तारिखमा अन्तराष्ट्रिय सडक बालबालिका दिवस मनाउने गरिन्छ । यसै क्रममा साथसाथले सप्ताहव्यापी रुपमा यो दिवस मनाएको छ ।






प्रतिक्रिया