बझाङमा एमालेको जनलहर देखेर ओलीले के भने ? (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बझाङमा शक्ति प्रदर्शन गरेका छन् सोमबार ओली बझाङ पुगेपछि जनसहभागिता व्यापक देखिएको थियो ।
ओलीले एमालेको जनलहरलाई देखेपछि सम्बोधन गर्दै पाँचवटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरे । ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नरमाथि पोख्ने काम भएको आरोप लगाए ।
ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ । ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका हुन् । उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पूँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमालेसँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारबाही गर्छ ।’





प्रतिक्रिया