‘एमाले हो भने पाइन्छ गायक हो भने पाइँदैन’

लोकगायक बद्री पंगेनी ट्विटरमा लेख्छन्- स्थानीय चुनाव सर्न सक्छ भनेर अनुमान लगाउन पाइन्छ कि पाइँदैन ? पंगेनीको यो ट्विटमा आएका केही प्रतिक्रिया :
प्रतिगामी ओली शासनको ३ वर्ष कस्तो थियो भनेर म्यादी प्रहरीमा लागेको जनताको लाम देखेर थाहा हुन्छ ! ओलीकालमा मौलाएको भ्रष्टाचार, घुसखोरी, माफीया तस्करी र दण्डहिनताले देशलाई भयाबह अबस्थामा पुर्याएको छ ! यदि फेरी पनि ओलीको हातमा शासन सुन्पिने हो भने नेपाल श्रीलंका जस्तै टाट पल्टिने छ ! –दुर्गा थापा
चुनाव सर्छ भनेर संका गर्न पाईन्छ नी, अघिल्लो दिनसम्म पाईन्छ चुनाव भएको अर्को दिन चै पाईदैन नी फेरि । नेपाली जनता पाइन्छ, अहिलेको परिस्थितिले गर्दा यस्तै देखिन्छ ! यहाँ देश र जनताका लागि राजनिती गर्नेहरु भन्दा आफ्नो स्वार्थका लागि राजनीति गर्बेहरु बढि पाइन्छन्, त्यसकारण पनि निर्वाचनको तयारी क्षीण मात्रामा देखिन्छ । –रवि रन्जित
सम्बिधान सभाको चुनाव सारिने अग्रानुमान कसैले लगाएका थिए र ? बिदेशीका अर्तिबुद्धि र गणतन्त्रेहरूको सनक त हो नि ! हेर्दै, बुझ्दै जाऔं कि ? –कमलकान्त लम्साल
सम्भावना छ केरे सर, अरुत तपसिल बरु चुनाव सार्न नपाईने भनेर खबरदारी गरौ हुन्न ? -नीरञ्जन पोखरेल
देशमा आर्थिक सङ्कट छ चुनाव स्थगित गरेकै राम्रो । -विपिन सापकोटा
माधव नेपालसंग कन्ट्याक भयाे कि क्या हाे ? उनीपनि चुनाबमा जाने अबस्थामा छैनन क्यारे…बिलाउँछन् पानीमा चिनी बिलाए झैँ । –सागर शर्मा
प्रतिपक्षमा रहेको सबैभन्दा ठुलो दल नेकपा लाचार भएको देख्दा अलिकति लाज घिन सरम नमानी यस्तो प्रश्न गर्न अलिकति पनि लाज लागेन एमालेका प्रख्यात गायक । केपि शर्मा स्थानीय चुनाव सर्याे भने त्याे कदम ‘गबन्धन’का निम्ति आत्मघाती हुनेछ । अहिलेकाे परिस्थितिकाे मुल्यांकन गर्दा ठगबन्धनले चुनाव सार्ने प्रवल सम्भावना देखिन्छ । ‘खरानी कुमार नेपाल’ ले पनि त्यहि षड्यन्त्रको बारेमा बाेलेका छन् । –सुमन पंगेनी
यो चुनावमा चाइ कुनै पार्टीको गित नगाउनी ?? -सरोज तिम्सिना
मजाले हेर्दै जानुस् गाउँ नगरबाट आउने प्रतिबेदन भनेको अहिले चुनाव गरे एमाले ले कम्युनिस्ट जतिकोको भोट पाउनेछ राप्रपाले काँग्रेस जतिको भोट पाउँछ । उता मधेसमा जसपाको भोट सिके राउतको पार्टीले पाउँछ । तेसैले अहिले हाम्रो ५ ठगबन्धन अनुकुल चुनाव छैन । चुनाव सार्नुपर्छ भन्ने कुरा आउँछ । निर्दोष समय बडो अचम्मित तवरले चलिरहेछ । कुनवेला के हुन्छ अनुमान लगाउन पनि गार्हो गार्हो भएको छ। मेरो विचारमा स्थानीय चुनाव हुन्छ, एउटा खहरे खोला सुक्दैमा समुन्द्रलाइ केही फरक पर्दैन । संगम अनुरागि मै पनि एमाले सै पनि एमाले गितै गाउन पाइन्छ भने, एमालेकै लाइनमा अनुमान गर्ने नपाइने कुरै भएन ! कृष्ण स्थानिय चुनाव सर्नु भनेको मासु भात खान पाउने दिन सर्नु हो त्यसैले म यसको घोर विरोध गर्दछु । जगत तामाङ अनुमान गर्न पनि पाइन्छ, सार्न पनि पाइन्छ, नगराउन पनि पाइन्छ । –प्रकाश खड्का
ठगबन्धनका कारणले सर्न सक्छ । उनीहरूको अवस्था सहज नभए जसरी पनि सार्छन । यिनलाई देशको मतलब छैन । –नेत्रप्रसाद नेपाल
पाइन्छ भाइ, देशको खस्कदो मुद्रा संचितिबाट पर्ने आर्थिक सँकटबाट बच्न पनि चुनाब रोक्न सके राम्रो । –अर्जुन केसी
अनुमान मात्र हैन चुनाव सारि पाँउ भनेर मुध्दै हल्न (गर्न)पाईन्छ । –टेकेन्द्र पौडेल
ऐले निलम्बनमा पर्नु होला । तेस्तो नभन्नु । बरु ठिक छ, आहा कति राम्रो गरेको भन्नुस । -विनोद सुवेदी
समाजवादिलाई सकाउने गरी एमाले ७० माओवादी ३० मा सहमती नजिक, स्थानिय निर्वाचन सर्ने संकेत । –रामकुमार थापा
हनुमानहरुले अनुमान लगाउन पाइन्छ । नेपाली एमाले हो भने पाइन्छ गायक हो भने पाइदैन । -लक्ष्मीप्रसाद अधिकारी
अनुमान त जे, जहिले, जतिपनी गरे पाइन्छ नि । सिड सबैथोक गर्न पाइन्छ तर गलत कुरालाई “सै” भन्न चाहिँ लोकतान्त्रिक पद्धतिमा किमार्थ पाइँदैन । -सविन खनाल
पाईन्छ पाईन्छ दाई मजाले पाईन्छ कसैले पाईदैन भन्याे भने त्यसकाे घरमा मावादिले झैं ढुङ्गाेमुढाे गर्दिने हाे । -विद्रोही शालिग्राम
पाइन्छ.. देशमा आर्थिक संकटकाल लगाएर । –दिलीप साउद
मै पनि फलानो तैं पनि फलानो भन्या जस्तै त हाे नि पाइहालिन्छ, आउनुस अनुमान गराैं । बद्री प्रसाद गौतम पाइन्छ र सर्छ पनि सायद । –प्रेम (हरि)
अब त पाइँदैन । -लीलाराज पौडेल
सर्ने सम्भावना देख्दैछु म त । -संकल्प ढुंगाना
जेठदेखि मंसिरसम्म किसान फुर्सदमा हुदैनन है । -दिनेशकुमार अधिकारी
एमालेले हार्नेजस्तो भएर हल्ला चलाका हुन, चुनाब हुन्छ । –कर्कट राशि
एमाले हुनुको नाताले पाईन्छ्। -कवि बानियाँ
माकुने लाईनको कुरा भयो यो त ! -टेकराज सुवेदी
सकारात्मक सोंच राखम् । –जयदेव श्रेष्ठ
पाइन्छ तर सर्दैन । –मदन ढकाल
तँ त सारै बिग्रिस नी बद्री । श्री कुमार बिस्ट सार्नु हुदैन । एकनाथ सरोस्, चुनाब नै नहोस् । चरि सकभर अनुमान नगरौ, स्थानीय निकाय प्रति ठुलै गिद्दे दृष्टि चाहिँ छ । -मित्रबन्धु पोखरेल
पाइदैन । -माधवकुमार नेपाल
पाईन्छ – पाईन्छ । ठोकुवै गर्दिननि पाईन्छ । –खराब मान्छे
सम्भावना देखियो र दाजै…?? –डा. चोपेन्द्र
अदालत छ । अदालतमा निर्वाचन सर्नुपर्छ भन्ने रिट छ । नेताहरुलाई नै चुनाव ऐले नहोस्, हुनुहुँदैन भन्ने रछ। यी यस्ता गाईंगुइँ पनि सुनिन थाल्यो । बैशाख ३० मा चुनाव होला र ? –गोविन्द पौडेल

प्रतिक्रिया