रुसबाट ऊर्जा आयात नबढाउन मोदीलाई बाइडेनको आग्रह

काठमाडाैं । भारतले रुसबाट ऊर्जा आयात बढाउने कुरा दिल्लीको स्वार्थअनुकूल नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । खासगरी सैन्य सामग्रीहरूको ठूलो आपूर्तिकर्ता रहेको अनि परम्परागत न्यानो सम्बन्ध रहेको कारण भारतले युक्रेन युद्धपश्चात् पनि रुसलाई चिढ्याउने गरी उसको निन्दा गरेको छैन । रुसविरुद्धका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूमा पनि दिल्ली सामेल छैन ।
यसै पृष्ठभूमिमा सोमबार राष्ट्रपति बाइडेन र प्रधानमन्त्री मोदीबीच एक घण्टा लामो भिडिओ संवाद भएको थियो । उक्त संवादका क्रममा अमेरिकी राष्ट्रपतिले रुसी ऊर्जा आयात बढाउने विषय दिल्लीको स्वार्थअनुकूल नरहेको बारे मोदीलाई बताएको ह्वाइट हाउसले जनाएको छ ।
बरु बाइडेनले ऊर्जा आयातमा विविधिकरण गर्न भारतलाई अमेरिकाले सहयोग गर्ने पनि बताएको ह्वाइट हाउसकी प्रवक्ताले बताइन् । मस्कोलाई लिएर अमेरिका र भारतको दृष्टिकोण फरक भएपनि उक्त सम्वाद रचनात्मक रहेको बताइएको छ । बीबीसी
प्रतिक्रिया