श्रीलंका सरकारद्वारा विदेशी ऋण भुक्तानी स्थगित
ऋण तिर्ने रकम खाद्यान्न, इन्धनलगायतमा खर्च गरिने

काेलम्बाे । श्रीलंकामा विदेशी ऋण तिर्न अस्थायी रोक लगाइएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता तिर्न रोक लगाएको जनाइएको छ ।
गभर्नर पी. नन्दलाल वीरासिंघेले ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।
श्रीलंकामा आजभोलि खाद्यान्न र औषधिको अभावसँगै लामो समयदेखि विद्युत कटौती भएको छ । नागरिकको दैनिक जनजीवन कष्टकर भएको छ । ऋण नतिर्ने निर्णय गरेको श्रीलंकाले अर्को हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण कार्यक्रममा वार्ता गर्ने योजना बनाएको छ ।
श्रीलंकामा धेरै अस्पतालहरूले नियमित शल्यक्रिया नै रोकेका छन् । बिरामीको शल्यक्रिया रोकेबाट श्रीलंकाको आर्थिक अवस्था चौपट भएको अझ प्रष्ट भएको छ ।
प्रतिक्रिया