नेपालमा व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो !

काठमाडौं । नेपालले पछिल्लो अवधिमा ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको अवधिमा मुलुकले उक्त घाटा बेहोरेको हो ।
आज सार्वजनिक भएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीसम्बन्धी प्रतिवेदनमार्फत राष्ट्र बैंकले चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा भने ३४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैंयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ दशमलव ६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ । प्रतिवेदनअनुसार चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा कुल वस्तु निर्यात भने ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय चार दशमलव २ प्रतिशत र २९ दशमलव १ प्रतिशतले वृद्धि भए पनि चीनतर्फको निर्यात भने ११ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी कुल वस्तु आयात भने चालु आवको पछिल्लो आठ महिनामा ३८ दशमलव छ प्रतिशतले वृद्धि भई १३ खर्ब आठ अर्ब ७३ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव एक प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः२८ दशमलव एक प्रतिशत, ३६ दशमलव सात प्रतिशत र ७५ दशमलव चार प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात भने घटेको देखिएको छ ।
निर्याततर्पm भने कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको पछिल्लो आठ महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया