थपिए २६ संक्रमित, ३७ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २९ गते १६:३८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरी कुल २६ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार १११ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ४१ हजार ४०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया