राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
नेपालखोज
२०७८ चैत २९ गते १९:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएको जनाएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् ।
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया