दक्षिण अफ्रिकामा बाढीका कारण २० जनाको मृत्यु
नेपालखोज
२०७८ चैत २९ गते २१:२२

काठमाडौं । दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको क्वाजुलु-नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ । बाढीका कारण अन्य धेरै भौतिक संरचनाहरूको समेत क्षति भएको प्रान्तीय सरकारका उच्च अधिकारीहरूले आज जानकारी दिएका छन् ।
उनीहरूका अनुसार आज बिहान कम्तीमा २० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । भने अरु केही बेपत्ता भएको आशंका गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारको प्रयास भइरहेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । खोजी तथा उद्धार टोली घटनास्थलमा निरन्तर खटिएको र टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको छ भने अवरुद्ध भएका सेवा सुचारु गराउने प्रयास पनि भइरहेको छ । अत्यधिक वर्षाका कारण सडक सेवा, सञ्चार तथा विद्युत सेवामा समेत समस्या सृजना भएको उनीहरूले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया