झापाका एमाले नेता घिमिरेले रुँदै छाडे पार्टी
नेपालखोज
२०७८ चैत २९ गते २२:१८

काठमाडौं । एमाले झापाका पूराना नेता डिल्लीराम घिमिरेले रुदैँ पार्टी छाडेका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई नेताहरुले रुवाउँदै गरेको हुदाँ एमाले परित्याग गरेको बताएका हुन् ।
झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिसमा नपरेपछि उनले पार्टी छोडेका हुन् । आफूमाथि पार्टीमा धेरै नै अन्याय भएको र अवसरबाट बञ्चित गरिएको उनले आरोप लगाए । उनले पत्रकार सम्मेलनको क्रममा आफूले ३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेको र निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेको स्मरण गराए । तर, पार्टीका केही नेताले आफ्नो अवमूल्यन गरेको उनको गुनासो छ । उनले आफूले पार्टी छोडेको भन्दापनि आफूलाई नेताहरुले रुवाउँदै निश्काषन गरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया