प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु भारतीय दूतावासमा
नेपालखोज
२०७८ चैत २९ गते २२:२३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु भारतीय दूतावास पुगेका छन् ।बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री देउवासहित नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लैनचौर पुगेका छन् । नेपालका लागि भारतीय विनयमोहन क्वात्राको बिदाईका लागि आयोजित रात्रिभोजमा सहभागी हुन प्रधानमन्त्रीसहित नेताहरु दूतावास पुगेका हुन् । राजदूत रहेका क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव भएपछि दिल्ली फर्किन लागेका हुन् ।

सम्बन्धित

प्रतिक्रिया