खुसी रहने ५ उपाय !

पोजेटिभ साइकोलोजीको संसारको प्रमुख नाममध्ये एउटा नाम हो- डा. टिम सार्प, उनलाई डा. हेप्पी पनि भनिन्छ । डा. टिम सार्पले खुसी रहने पाँच उपाय बताएका छन् जसलाई अवलम्बन गरेर हामीले आफ्नो आगामी वर्ष २०७९ लाई खुसीपूर्वक बिताउन सक्छौं ।
मनोवैज्ञानिकहरु भन्छन् खुसी र दु:ख हाम्रो मनस्थिति हो । अर्थात् एउटै अवस्थामा कोही खुसी पनि हुन सक्छ र दु:खी पनि । डा. टिम सार्पले ह्याप्पीनेस अथवा प्रशन्नता र यसको मनोविज्ञानमा प्रसस्तै शोध गरेका छन् । त्यसैले पनि उनलाई डा. हेप्पी भन्न थालिएको हो । उनले मानिसहरुलाइ खुसी रहने विभिन्न उपाय बताएका छन् ।
१. आफूसँग जे छ त्यो आफूसँग भएकामा खुसी मनाउनुपर्छ अनि त्यसमै रम्नुपर्छ । जे आफूसँग छैन त्यसमा दु:खी हुनु वा पछुताउनु उचित होइन । आशाले नै हामीमा खुसी ल्याउँछ ।
२. अर्थपूर्ण लक्ष्य तय गरी त्यसलाई हासिल गर्न मिहिनेत गर्नुपर्छ । त्यसपछि आफ्ना उपलब्धिहरुको आनन्द लिन सकिन्छ ।
३. केही राम्रा सम्बन्धहरु विकसित गर्नुपर्छ । मानिसहरुसँग भेटघाट कुराकानी गर्नुहोस् । किनभने आसपासका मानिसहरु नै हाम्रो खुसीको सबैभन्दा ठूलो कारण हुन् ।
४. आफ्नो शारीरिक स्वास्थ्यको ख्याल राख्नुपर्छ । नियमित व्यायाम, उचित भोजन तथा भरपूर निद्रा हाम्रो खुसीको आधार हो ।
५. के कुरा अन्तरमनबाटै स्वीकार गर्नुपर्छ भने सधैं सबै कुरा राम्रो रहन सक्दैन । केही खराब भइरहेको छ भने पनि त्यो हाम्रो जिन्दगीकै एउटा पाटो हो । गलत हुनु पनि एक हिसाबले ठीकै हो । हामी प्रत्येक मिनेट खुसी रहने अपेक्षा गर्न सक्दैनौं ।

प्रतिक्रिया