सुनचाँदीकै भाउ बढ्याे
नेपालखोज
२०७८ चैत ३० गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन १ लाख ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य २० रूपैयाँले बढेको छ । आज चाँदी १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया