राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

नेपालखोज २०७८ चैत ३० गते १३:२७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कञ्चनजंघा हिमाल आरोहण गर्न जान लाग्नु भएकी काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई बिदाइ गरेको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिएका छन् ।उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिए ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न थाल्नुभएकी लामाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् ।यसमध्ये चार वटा हिमालको आरोहण गरिसकेको आरोही लामाले बताइन् । लामाले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया