बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार
नेपालखोज
२०७८ चैत ३० गते १४:१४

काठमाडौं । बलात्कारको मुद्दामा प्रहरीको हिरासतमा रहेका थुनवा उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका छन् ।सिन्धुपालल्चोक इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा आज बिहान वीर अस्पतालबाटै भागेका हुन् ।उनलाई हिजो उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
गत माघ १७ गते पक्राउ परेका तिरुवालाई पुर्पक्षको लागि अदालतले फागुनमा थुनामा पठाएको थियो । फरार तिरुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया