सोमबार, वैशाख २९, २०८२

शिक्षकलाई करार अवधि थपिदिन्छु भनेर तीन लाख घुस लिने प्रधानाध्यापक पक्राउ

नेपालखोज २०७८ चैत ३० गते १५:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालले विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुरसहित पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

आज अख्तियारले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्र कुमार झा पनि पक्राउ परेका छन् ।

यमुनामाई गाउँपालिका–४ सरुअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट पक्राउ परेका ठाकुर र झामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया