साथसाथले बालबालिका मन्त्रालयका सचिव मैनालीलाई किन बुझायो ज्ञापन पत्र ?

काठमाडौं । साथसाथ गैरआवसीय गैरसरकारी संस्थाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय सडक बालबालिका दिवसको पारेर बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पहिचानको लागि उचित सम्बोधन नभएको हुनाले राज्य स्तरबाट नै ती बालबालिकाको समस्याहरुको सम्बोधन होस भन्ने अभिप्रायले ज्ञापन पत्र बुझाएको साथसाथले जनाएको छ ।
१२ अप्रिल अर्थात दिवसका दिन ‘Celebrating Frontline Workers. Protect Every Child’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सडक बालबालिका स्वयं साथसाथको पहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुगेर सचिव हरिप्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाएका हुन् । मन्त्रालयमा साथसाथको तर्फबाट कार्यकारी निर्देशक विश्वराज बज्राचार्य तथा रिसोर्स एक्जुकेटिभ कविता शाहसहित सडक बालबालिकाको उपस्थीति रहेको थियो ।
साथसाथ विगत २४ बर्ष देखि जोखिम परिस्थतीमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवसीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई समाजमा पुर्नस्थापना गर्नु रहेको छ । साथसाथले त्यस्ता जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई औपचारीक र अनौपचारीक शिक्षा, सीप मुलकरव्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरुको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथैे हाल आएर सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ ।
हरेक वर्ष अप्रिल १२ तारिखमा अन्तराष्ट्रिय सडक बालबालिका दिवस मनाउने गरिन्छ । यसै क्रममा साथसाथले सप्ताहव्यापी रुपमा कार्यक्रमहरुस् सास्कृतिक कार्यक्रम, फुटस्टल, चित्रकला प्रतियोगिता, ट्यालेन्ट शो लगाएतका वभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । जसअनरुप अप्रिल ११ तारिखमा बाल स्मृति स्तम्भमा कोभिड, विपद् तथा अन्य विविध कारणले ज्यान गुमाएका सडक बालबालिकाको सम्झनामा दीप प्रज्जवलन कार्यक्रम आयोजना गरिएको थियो । पहिलो पटक सडक बालबालिकाको सम्झाना गरेको दीप प्रज्ज्वलन, साथसाथको अगुवाईमा सपन्न भएको थियो ।


प्रतिक्रिया