नेप्सेमा पुरै हरियाली- ३० अंकले बढ्दा एक अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ चैत ३० गते १९:३६


काठमाडौैं । नेप्सेमा पुरै हरियाली देखिएको छ । अघिल्लो दिन ३४ दशमलव ७९ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार नेप्से ३० दशमलव २४ अंकले बढेर २४ सय १५ दशमलव २४ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९७ अंकले बढेर चार सय ५६ दशमलव शुन्य नौं अंकमा चढेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको २८ हजार नौं सय ४५ पटकको कारोबारमा ३३ लाख ९८ हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ५५५ अंकले बढेर १६ सय चार दशमलव ३५ अंकमा चढेकोमा जलविद्युत समुहको सुचक पनि २५ दशमलव ७१ अंकले बढेर २७ सय ५८ दशमलव ५२ अंकमा चढेको छ । यसैगरी निर्जिवन बिमा समुहको सुचक पनि एक सय १९ दशमलव ४५ अंकले बढेर ११ हजार एक सय ८३ दशमलव १६ अंकमा चढेकोमा जीवन बिमा समुहको सुचक पनि ९५ दशमलव २४ अंकले बढेर १३ हजार एक सय ५२ दशमलव छ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २२ सय ६२ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुई सय दशमलव आठ प्रतिशतले घटेर नौं सय ४८ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता नौं सय ९० रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ४३ लाख ३४ हजार नौं सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया