मंगलबार, जेठ ८, २०८१

नयाँ वर्षमा सुख-समृद्धि !

नेपालखोज २०७९ वैशाख १ गते ९:३९

नयाँ वर्षमा मानिसहरुले खुसी तथा प्रगतिको अपेक्षा गरेका हुन्छन् । सालको पहिल‍ो दिन शुभ रहे पूरा वर्ष राम्रोसँग बित्न सक्छ । ज्योतिषशास्त्रमा केही उपाय बताइएक‍ो छ । जसलाई अबलम्बन गरे वर्ष राम्रोसँग बित्ने मान्यता छ ।

गरौं यी काम
गणेश पूजा : नव वर्षको पहिलो दिन गणेश भगवानको दर्शन एवं पूजा अवश्य गर्नुपर्छ । यसबाट गणेशजी प्रशन्न भै विघ्न हर्छन भन्ने मान्यता छ । यदि सम्भव छ भने घरमा सेतो गणेशको सानो मुर्ति स्थापना गरेर नियमित पुजा गर्न सकिन्छ ।

शंख ध्वनि : सनातन धर्ममा शंखको विशेष महत्त्व छ । मान्यता अनुसार नियमित रूपले घरमा शंख बजाउने हो भने नकारात्मकता आफै टाठा जान्छ । सालको पहिलो दिन घरमा शंख बजाई त्यसमा पानी भरेर उक्त पानी घरको सबै कुनामा छर्किए लाभ मिल्छ ।

दान गरौं : नव वर्षको पहिल‍ो दिन गरिबहरुलाई फल, तिल, कपडाका साथै उनीहरुको आवश्यकताका सामान दान गरे लक्ष्मी प्रसन्न हुन्छिन् र पूरै साल यस्ता दानीप्रति उनको कृपा रहन्छ ।

भगवान विष्णुको पूजा : नयाँ सालको पहिलो बिहीबार भगवान् विष्णुको पूजा गर्नुपर्ने मान्यता छ । यसबाट भगवान् विष्णुका साथै माता लक्ष्मीको समेत आशीर्वाद प्राप्त हुन्छ । संजोगवश यसपटक बिहीबार नै नयाँ वर्ष प्रारम्भ भएको छ ।

नगरौं यी काम
-नयाँ वर्षको दिन कालो रंगक‍ो वस्त्र प्रयोग नगरौं । यसबाट पुरै साल समस्याहरुक‍ो सामना गर्नुपर्ने हुनसक्छ ।
-नयाँ वर्षको पहिलो दिन घरको कुनै पनि कुरा नटुटोस , नभाँचियोस भन्ने कुराको ख्याल राखौं अन्यथा दुर्भाग्यको सामना गर्नुपर्ने हुनसक्छ ।

-नयाँ वर्षको पहिलो दिन घरको आलमारि खाली नहोस भने पर्समा पनि केहि न केहि नगद अवश्य रहोस । यसबाट साल भर धनको अभाव रहने छैन ।

-नयाँ वर्षको सुरुकै दिन घरको कुनै पनि सामान बाहिर नफ्याँकौं । अघिल्लै दिन सर-सफाई गरेर फोहर बाहिर निकालौं । सालको पहिलो दिन सर-सफाई नगरौं ।

-सालको पहिलो दिन कसैलाई ऋण अथवा उधारो नदिउँ । अन्यथा साल भर आफ्नो हातबाट पैसा बाहिर गैरहन्छ । घरका अन्य बहुमुल्य सामानमा पनि यही कुरा लागु हुन्छ ।

प्रतिक्रिया