मह खानुअघि ध्यान दिनु पर्ने कुराहरु
नेपालखोज
२०७६ फागुन २० गते ७:१७
१. मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
२. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।
३. महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ ।
४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ ।
सम्बन्धित
प्रतिक्रिया