सोमबार, जेठ ७, २०८१

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नेपालखोज २०७९ वैशाख १ गते १३:१३

काठमाडौं । सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै छ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार बिसु पर्व मनाइने गरिन्छ । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा-मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी बिसु पर्व मनाउने गरिएको पाइन्छ।

सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ। देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन्। आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको र आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने धार्मीक जन विस्वास रहेको छ । यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ।

प्रतिक्रिया