आइतबार, पुष ६, २०८२

नर्भिक हस्पिटलले वैशाख महिनाभरि ३० प्रतिशत छुटकाे व्यवस्था गर्‍याे

नेपालखोज २०७९ वैशाख १ गते १४:२२

काठमाडौं । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ ।

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो । वार्षिकोत्सवको अवसर पारेर नर्भिकले क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु ल्याएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रुपैयाँ कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो ।

यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ । ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, नर्भिक अस्पतालले वार्षिकोत्सवको अवसर पारेर अस्पतालबाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत बैशाख ४ गते आइतबारदेखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइनेछ । सो कुपनले बैशाखभरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ ।

प्रतिक्रिया