‘सार्वजनिक यातायातकाे समस्या समाधान गर्न प्राधिकरण आवश्यक’

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । उनले सार्वजनिक यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका हुन् ।
उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको अध्यक्ष स्वाँरले उल्लेख गरे । १० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वाँरको भनाई छ ।
नेपालमा खरिद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वारले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक सडकमा गुड्न सक्छवा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ त्यसको लागि यातायात व्यवसायी तयार रहेको अध्यक्ष स्वाँरको भनाई छ ।
त्यस्तै,अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात नीजि क्षेत्रले चलाएको भएकालेनीजि क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने बताए । उनले सार्वजनिक यातायातमा सतप्रतिशत लगानी नीजि क्षेत्रको भए पनि सबै भन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने बताए । सरकार सार्वजनिक यातायातलाई डिजेल,पेट्रोलमा सहुलियत र आयात हुने सार्वजनिक गाडीलाई भन्सारमा भन्सार शुल्क कम गर्याे भने सवारी भाडा नबढ्ने दाबी गरे । उनले यातायात व्यवसायीहरु सरकारबाट नै अपहेलित भइरहेको बताए । सार्वजनिक यातायात व्यवसायीहरुलाई गाडीवालको उपमा दिने गरेकाले सरकारले यातायात क्षेत्रलाई उद्योगको रुपमा लिनु पर्ने बताए ।
अध्यक्ष स्वाँरले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दुर्घटना,यातायात सिन्डिकेट लगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागु गर्न सरकारलाई आग्रह गरे। उनले सार्वजनिक यातायात क्षेत्रलाई सम्पूर्ण रुपमा डिजिटलाइज र टेक्नोलोजीको प्रयोगबाट जानकारी मुलुक बनाउने गरी नयाँ नेतृत्वले काम गर्ने बताए ।
अध्यक्ष स्वारले पछिल्लो समय अघिल्लो सरकारले सिन्डिकेटको नाममा समिति खारेज गरेर प्राली बनाएकाले यातायात क्षेत्रका ठूलो समस्या आएको आरोप लगाए । समिति खारेज गरेर सवारी दुर्घटनाको क्षेतिपूर्ति तथा उपचारमा समेत अन्योलता सृजना भएको अध्यक्ष स्वारले दाबी गरे। उनले अब सरकारलाई बीमा लगायतका अन्य नीतिहरु परिमार्जन गर्नु आग्रह गर्ने बताए ।

प्रतिक्रिया