फिलिपिन्समा बाढी-पहिरो, मृत्यु हुनेको संख्या ११५ पुग्यो !
नेपालखोज
२०७९ वैशाख १ गते १५:४०

काठमाडौं । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालिएको पनि ती अधिकारीहरुले जानकारी दिएका छन् ।
यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् ।
कैयौ मानिसहर अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया