ओलीलाई रावलको प्रश्न- सूर्य चिह्न बिक्री भएको हो ?

नेपालखोज २०७९ वैशाख १ गते १५:४३

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न नेतृत्वले बिक्री गरेको आरोप लगाएका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले सामाजिक सन्जालमार्फत आपत्ति जनाए ।

एमालेका पूर्वउपाध्यक्ष तथा केपी ओलीसँग अध्यक्षमा पराजित भएका नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिह्न दिन नमिल्ने जिकिर गरे । उनले यसको नेतृत्वले जवाफ दिनुपर्ने बतए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले उत्तरको अपेक्षा गरेको बुझिएको छ । नेता रावलले भने, ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

प्रतिक्रिया