नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४७९ मा झर्‍यो

नेपालखोज २०७९ वैशाख १ गते १७:५७

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४७९ मा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको संख्या ४७९ मा झरेको हो ।

हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार २०४ पुगेको छ । संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा ३ जना र १ हजार ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १ जना गरि कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत चौबीस घण्टामा देशभरबाट थप ६१ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया