नयाँ वर्षको पहिलो दिन, मन्दिरहरुमा दिनभरी दर्शनार्थीको भिड

काठमाडौं । नयाँ वर्षको पहिलो दिन आज पोखराको तालबाराही र विध्यवासिनीलगायतका विभिन्न मन्दिरहरुमा दिनभर दर्शनार्थीहरुको भिड लागेको छ ।
फेवातालको बिचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू ताल बाराही मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् । दर्शनका लागि फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागि रहेको छ ।
ताल बाराही मन्दिर दर्शन गर्नाले मानिसहरुले इच्छाएको मनोकांक्षा पूरा हुने पूरानो मान्यताका कारण पनि दर्शनार्थीहरूको वर्षैपच्छिे भिड लाग्ने गरेको ताल बाराही व्यवस्थापन समितिको सदस्य हरिराज कोइरालाले बताए । उनले ताल बाराहीमा बैशाख १ गते मेला नै लाग्ने गरेकाले एकै दिनमा ५० देखि ६० हजारसम्मले दर्शन गर्ने आकलन गरिएको बताए ।
त्यस्तै, तालबाराही मन्दिरमा दर्शनार्थीहरुको भिड बढेपछि डुंगा व्यवसायीहरूलाई भ्याइनभ्याइ भइरहेको डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए ।
उनले फेवाताल तरेर मन्दिर जानको लागि डुंगा कम भएकाले थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोरदोहोर गराई रहेको बताए । कोरोनाले थलीएको डुंगा व्यवसाय मानिसको भिड मन्दिरमा पुजा गर्न आउने दर्शनार्थीहरुको भिड बढेकाले व्यवसायीहरुलाई केहि राहत मिलेको अध्यक्ष नेपालीले बताए ।
त्यस्तै, पोखरामा १७ औं फेवा नव वर्ष सडक महोत्सव पनि बुधबारदेखि सुरु भएको छ । फेवा नव वर्ष महोत्वस कोरोनाको कारण दुई वर्ष देखि रोकिएको थियो । दुई वर्ष पछि भएको पोखरा फेवा सडक महोत्सव अवलोकन गर्न जाने मानिसहरुको कारणले पनि तालबाराही मन्दिरमा नयाँ वर्षमा पुजा गर्ने दर्शनार्थीहरुको भिडको हो ।
ताल बाराही तथा पोखराका अन्य विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा पोखरा सडक महोत्वसको काणले पनि भीड लागेको छ ।

प्रतिक्रिया