राप्ती अस्पतालमा अहिले कोरोनाका बिरामी शून्य

नेपालखोज २०७९ वैशाख २ गते ११:४०

काठमाडौं । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अिहले शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, ‘एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शै्यामा राख्ने गरेका छौँ ।’ कुनै समय शैय्या भरिभराउ भएको भए पनि अहिले शै्यामा कोरोनाका संक्रमित शून्य अवस्थामा रहेको छ ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ रहेको छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।

अस्पताल ६० शैय्याकोे रहेको र यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शै्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाई रहेको थियो ।

प्रतिक्रिया