कैलालीमा दास हत्या प्रकरणमा भारतमा लुकेर बसेका ४ जना पक्राउ

काठमाडौं । कैलालीमा घाँटी छिनालेर रूखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका-९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटना भएको झण्डै तीन महिनापछि नेपाल प्रहरीले भारतबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार हत्या घटना अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम बोहोरालाई भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।
पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रूखमा बाँधिएको अवस्थामा शव फेलापरेको थियो । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो । दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो। यस्तै, भण्डारीले भारतबाटै हत्यारा हौँ पक्राउ गरेर देखा भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए।
प्रतिक्रिया