गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात बीमित का इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगरलाई सार्वाधिक जीवन बीमा गराए बापत बीमा दावी रकम पाँच लाख ९३ हजार तीन सय २० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीको नारायणगढ शाखा का शाखा प्रमुख ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले यही बैशाख एक गते बिहीबार नारायणगढ शाखा मा एक कार्यक्रमबिच चेक हस्तान्तरण गरेको हो । स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो, उनले दुई बर्ष अगाडि सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत पाँच लाख रुपैयाँको सर्वाधीक जीवन बीमा गरेका थिए । साखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागि महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।

प्रतिक्रिया