थपिए १४ संक्रमित, ५५ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख २ गते १६:०२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
८७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकोमा कसैमा संक्रमण देखिएको छैन् । नेपालमा हाल जम्मा ४३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ५५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार २५९ पुगेको छ ।
संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ७ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया