नेपाल र जिम्बावेबीच हुने एकदिवसीय र टी-ट्वान्टीको तालिका सार्वजनिक

काठमाडाैं । नेपाली क्रिकेट टिमले घरेलु मैदानमा जिम्बावे ‘ए’ टिमसँग तीन एकदिवसीय र तीन टी-ट्वान्टी खेलको सिरिज खेल्दैछ । जसका लागि जिम्बावे ‘ए’ टिम अप्रिल २८ मा काठमाडौं पुग्ने भएको छ । नेपालले सुरुवातमा जिम्बावे ए टिमसँग एकदिवसीय सिजिज खेल्नेछ ।
जसमा पहिलो खेल अप्रिल ३० ताखिरमा हुनेछ भने दोस्रो खेल मे दुई तारिखमा हुनेछ । त्यसपछि नेपालले तेस्रो खेल मे चारमा खेल्नेछ । टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेल खेल मे ६ मा खेल्नेछ भने दोस्रो खेल मे सात र अन्तिम खेल मे नौं मा खेल्नेछ । जिम्बावे ए टिम पहिलो पटक नेपालमा ५० ओभर र टी २० सिरिजका लागि आउन लागेको हो ।

अमेरिका भ्रमणमा जान अगाडी नेपाली टिमले अन्तिम पटक घरेलु मैदानमा सिरिज खेल्नेछ । जिम्बावेको ए टिम आउने भएकाले यसलाई आइसीसीले एकदिवसिय र टी-ट्वान्टी मान्यता भने दिनेछैन । जसका कारण लिष्ट ए” मा राखिने भएको छ ।
यो सिरिजका लागि मुख्य प्रशिक्षक पुबुदु दशानायकेले चाँडै टिमलाई प्रशिक्षणमा बोलाउनेछन् । हाल राष्ट्रिय टिमका केहि खेलाडी भैरहवामा नेपाल प्रो क्लव च्याम्पियनसिप खेलिरहेका छन भने केहि खेलाडी आराम गरिरहेका छन् ।

यसअघि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेको थियो । जसको उपाधि नेपालले जितेको थियो । त्यो अगाडी पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसिय सिरिज खेलेको थियो । जसमा नेपाल पराजित भएको थियो ।
यो सिरिजपछि नेपाली टिम अमेरिकामा हुने आइसीसी लिग टू सिरिजको तयारीमा लाग्नेछ ।
प्रतिक्रिया