करियरभर एक बल पनि ‘वाइड बल’ नफाल्ने १० क्रिकेटर

काठमाडौं । क्रिकेट आफैमा रोमाञ्चक र भद्र खेल मानिन्छ । क्रिकेटमा बलरको भूमिका महत्वपूर्ण हुन्छ । यो खेलमा कतिबेला कसको पक्षमा नतिजा जान्छ त्यो अनुमान लगाउन भने मुस्किल नै हुने गर्छ । जित्ने टिमले हार व्यहोर्ने अवस्था आउन सक्छ भने हार्न लागेको टिमले जितको ताज पनि पहिरिन सक्छ । विश्वमा क्रिकेटका फ्लोअरहरू धेरै नै छन् ।
सिया महादेशका प्राय सबै देशहरु क्रिकेटसँग नजिक छन् । हामीलाई थाहा नै छ यूरोप भन्ने बित्तिकै हामी फुटबल सम्झिन्छाैं । तर अहिले यूरोपका पनि धेरै देशहरु क्रिकेटसँग नजिकिन थालेका छन् । उनीहरुले क्रिकेट खेल्न थालेका छन् । यूरोपमा पनि क्रिकेटले आफ्नो अधिपत्य जमाउन थालेको हो । क्रिकेटको सर्वाधिक सफल टोली अस्ट्रेलिया मानिन्छ । दक्षिण एसियाका भारत पाकिस्तान श्रीलंका क्रिकेटका भरलाग्दा र विश्वलाई चुनाैती पेस गर्न सक्ने देशहरु हुन् । यस्तै बंग्लादेश अफगानिस्तान उदाउँदा रास्ट्र हुन् । नेपालले पनि क्रिकेटमा विभिन्न सफलता हासिल गरिरहेको छ भने सुधारिएको खेल पस्किरहेको छ ।
आज हामी आफ्नो करियरमा एक बल पनि ‘वाइड बल’ नफालेको १० क्रिकेटरको बारेमा चर्चा गर्छौं ।
रिचर्ड हेडली (न्यूजिल्याण्ड)
न्यूजिल्याण्डका पूर्व स्टार खेलाडी सर रिचर्ड हेडली एक बल पनि बाइड नफाल्ने बलरको १० औं स्थानमा रहेका छन् । उनी आफ्नो करियरका उत्कृष्ट अलराउण्डर पनि हुन् । १७ सालको करियमा उनले ८६ टेस्ट र ११५ एक दिवसीय क्रिकेट खेले । टेस्टमा उनले ४३१ विकेट लिँदा एक दिवसीयमा १५८ विकेट उनको नाममा रह्यो । उनले आफ्नो करियरमा एक बल पनि वाइड फालेनन् ।
लन्स गिब्स(वेस्टइन्डिज)
लन्स गिब्स टेस्ट क्रिकेटका सर्वाधिक सफल स्पिन बलर हुन । उनको इकोनोमी रेट २ रन प्रतिओभर भन्दा पनि कम छ । उनी ३०० टेस्ट विकेट लने पहिलो स्पिन बलर पनि हुन् । उनले वेस्टइन्डिजका लागि ३ वटा एक दिवसीय र ७९ टेस्ट क्रिकेट खेले । त्यो बेला उनले कहिल्यै वाइड बल गरेनन् ।
क्लेरी ग्रिमेट (अष्ट्रेलिया)
क्लेरी ग्रिमेट स्पिन बलर हुन् । उनलाई फ्लिपरको पिता नै भनिन्छ । ग्रिमेट पहिला तीब्र गतिको बलर बन्न चाहन्थे तर स्कुलका एकजना साथीले दिएको सल्लाहपछि उनी स्पिन बलर बन्न पुगे । उनले १७ वर्षको उमेरमा वेलिंग्टनका लागि प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । त्यतिबेला न्यूजिल्याण्डमा टेष्ट क्रिकेट नै थिएन । त्यसपछि उनी अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियाबाट ३७ टेष्ट क्रिकेट खेल्दा २१६ विकेट लिएका थिए भने उनले पनि कहिल्यै वाइड बल फालेनन् ।
डेरेक अन्डरबुड (इंग्ल्याण्ड)
डेरेक अन्डरवुड लेफ आर्म अर्थोडक्स स्पिन बलर हुन् । उनको इनस्विङ आर्म बल ब्याटरहरुलाई खेल्न निकै मुस्किल पर्ने गथ्र्यो । उनले १९६९ देखि १९७३ सम्मको वरियतामा शीर्ष स्थानमा रहेका थिए । करियरमा ८६ टेष्ट र २६ एक दिवसीय खेल्दा कहिल्यै वाइड बल फालेनन् ।
गेरी सोबर्स (वेस्टइन्डिज)
सर गारफील्ड सोबर्स वेस्टइन्डिजका महान खेलाडी हुन् । उनी पनि आफ्नो एराका उत्कृष्ट अलराण्डर रहेका थिए । उनी ब्याटिङ, बलिङका साथै उत्कृष्ट विकेट किपर पनि रहे । करियरमा ९३ टेस्ट र एउटामात्रै एक दिवसीय खेल्दा २०हजार ६६० बल फाल्दा कहिल्यै वाइड बल गरेनन् ।
इमरान खान (पाकिस्तान)
इमरान खान पाकिस्तानलाई विश्वकप दिलाउने कप्तान पनि हुन् । उनले आफ्नो करियरमा ८८ टेष्ट र १७५ एकदिवसीय क्रिकेट खेले । टेष्टमा ३६२ तथा एक दिवसीयमा १८२ विकेट लिए । उनले पनि आफ्नो करियरमा वाइड बल फालेनन् ।
इयान बाथम (इंग्ल्याण्ड)
इंग्ल्याण्डका पूर्व क्रिकेटर इमान बाथम अलराउण्डर हुन । सन् १९८० को दशमा बाथमको ब्याट र बल खुबै चलेको थियो । बाथमले टेष्ट क्रिकेटमा १० विकेट लिने र शतक बनाउने कीर्तिमान बनाएका थिए । १०२ टेष्ट क्रिकेट र ११६ ए कदिवसीय क्रिकेट खेले । उनले टेष्टमा ३८३ र एक दिवसीइमा १४५ विकेट लिँदा कुनै पनि बल वाइड भएन ।
डेनिस लिली (अष्ट्रेलिया)
डेनिस लिली उत्कृष्ट बलर हुन् । १९८४ मा सन्यास लिँदा उनको नाममा टेष्ट क्रिेकटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा थिए । १३ वर्षको अन्तर्राष्ट्रिय करियमार ७० टेष्ट र ६३ एक दिवसीय खेल्दा उनले टेष्टमा ३५५ र एक दिवसीयमा १०३ विकेट लिएका थिए ।
बब विलिस (इंग्ल्याण्ड)
बब विलिसले १९७१ देखि १९८४सम्म इंग्ल्याण्ड टिमबाट बलिङ गरे । १९८१ को एसेजमा उनले ४३ रन खर्चिएर ८ विकेट लिएपछि हारेको गेम पनि जिताएका थिए । उनले ९० टेस्ट म्याचमा ३२५ विकेट लिँदा वाइड बल फालेनन् ।
फ्रेड ट्रूमेन (इंग्ल्याण्ड)
फ्रेड ट्रूमेनले १९४८ को दशकदेखि लामो समयसम्म इंग्ल्याण्डबाट खेलेका थिए । करियरको ६७ टेष्ट म्याचमा ३०७ विकेट लिँदा कहिल्यै वाइड बल फालेनन् ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया