रेफ्रिजेरेटर खरिद गर्ने ग्राहकका लागि हायर इलेक्ट्रोनिकले विशेष अफर ल्यायाे

काठमाडौं । हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रा. लि. ले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा बसेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को शुभ उपलक्ष्यमा कुलेस्ट अफरलाई नेपाली बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । विभिन्न कलर तथा डिजाइनहरुले परिस्कृत हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको वारेण्टी रहेको छ । यसका साथै तपाईंहरुले हायरको रेफ्रिजेरेटरहरु शुन्य प्रतिशत ब्याजदरसहित महिनावारी किस्तामा समेत खरिद गर्न सक्नेछन् ।
यसैसँग कम्पनीले हालसालै आफ्नो साइड बाइ साइड रेफ्रिजरेटरहरू पनि बजारमा भित्राएको छ । फराकिलो तथा कन्भर्टिबल फ्रिज, एक्सपर्ट इन्भर्टर टेक्नोलोजी, डेओ फ्रेश टेक्नोलोजी र म्याजिक कुलिङग जस्ता अन्य विशेषताहरु रहेका यीरेफ्रिजरेटरलाई मनमोहक डिजाइन र लुकले थप आकर्षक बनाएको छ ।
विश्वव्यापी अग्रणी इलेक्ट्रोनिक कम्पनीका रुपमा स्थापित हायरलाई यूरो मोनिटर इन्टरनेशनलले लगातार १२ वर्षसम्म विश्वको नम्बर १ होम एपलाइन्सेस ब्रान्डकोरूपमा पहिचान गरेको छ । अद्वितीय डिजाइन र उत्कृष्ट गुणस्तरका लागि चिनिने हायरले इलेक्ट्रोनिक बजारमा आफ्नो छुट्टै्ै पहिचान बनाउन सफल भएको छ ।








प्रतिक्रिया