जापानमा हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालका लागि उपयोगी : परराष्ट्रमन्त्री

नेपालखोज २०७९ वैशाख ३ गते १५:१४

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् ।

नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए ।

उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खेलेर प्रसंशा गरे । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।

मन्त्री खड्काले जापानले नेपाललाई बिनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराए । उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।

प्रतिक्रिया