विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धता

काठमाडौं । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाई अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभर नेपाली सेनासँग यस महान पहलका हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ छ ।
युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो/हिमालहरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहदै आएको छ ।
फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ । नेपाली सेनाको मुख्यालय, जंगी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिए । सहारक रथी खड्काले भने, ‘हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं ।’
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।’ नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।
युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनह भन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन् । अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रिय आर्थिक प्रणाली सिर्जना गर्नु हो । अम्लान मुखर्र्जीले भने, ‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं ।’

प्रतिक्रिया