बुधबार, वैशाख २६, २०८१

भारतीय बक्स अफिसमा ‘आरआरआर’ पछि ‘केजीएफ-२ ले’ ल्यायो सुनामी

नेपालखोज २०७९ वैशाख ३ गते १८:५२

काठमाडौं । यश स्टार फिल्म केजीएफ -२ ले भारतमा शानदार ओपनिङ गरेको छ । फिल्मले हिन्दी बेल्टमा दोस्रो दिन ४६ करोड ७९ लाख रुपैयाँ कमाएको हो । यो सँगै फिल्मले हिन्दी भाषामा मात्रै १०० करोड ७४ लाख रुपैयाँको व्यापार गरेको छ । हिन्दी संस्करणमा दुई दिनमा यति धेरै कमाउने यो पहिलो फिल्म हो, यसअघि बाहुबली-२ ले दुई दिनमा ८१ करोड रुपैयाँ कमाएको थियो । यो सँगै केजीएफ-२ फिल्मले दोस्रो दिन विश्वभर १३९ करोड २५ लाख रुपैयाँ कमाएको छ ।

पहिलो दिनको विश्वव्यापी कलेक्सन १६५ करोड रुपैयाँ थियो । फिल्मले दुई दिनमा कूल ३०४ करोड रुपैयाँको व्यापार गरेको छ। करिब १०० करोड रुपैयाँको बजेटमा बनेको यो फिल्ममा कन्नड अभिनेता यशका अलावा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ-२ हिन्दी बक्स अफिसमा सुनामी भएको बताएका छन् । फिल्मले दोस्रो दिन अर्थात शुक्रबार ४६ करोड ७९ लाख रुपैयाँ र ओपनिङ दिनमै ५३ करोड ९५ लाख रुपैयाँ कलेक्सन गरेको छ । यसअघि समालोचक मनोबालाले फिल्मलाई ऐतिहासिक भनेका थिए ।

प्रतिक्रिया