आइतबार, वैशाख १६, २०८१

हलमा फ्लप फिल्म, ओटिटिमा हिट

नेपालखोज २०८० असार १४ गते १४:५९

काठमाडाैं । रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ ओटीटीमा निकै मन पराइएको थियो ।

आयुष्मान खुरानाको फिल्म ‘अनेक’ सिनेमा हलमा फ्लप भयो तर ओटीटीमा यो चलचित्र हिट साबित भएको छ । शाहिद कपूरको ‘जर्सी’ले बक्स अफिसमा खासै माया पाउन सकेन तर ओटीटीमा यो दर्शकको रोजाइमा छ ।

अजय देवगन र अमिताभ बच्चनको फिल्म ‘रनवे ३४’ ओटीटीमा हिट भयो भने अमिताभ बच्चनको फिल्म ‘झुण्ड’को ओटीटीमा निकै प्रशंसा भएको थियो । यी दुबै चलचित्र हलमा भने टिक्न सकेका थिएनन् ।

तापसी पन्नुको फिल्म ‘थप्पड’ बक्स अफिसमा असफल भयो तर ओटीटीमा भने यसले चमत्कार देखायो । रणवीर कपूरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा फ्लप भयो भने ओटीटीमा हिट । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई ओटीटीमा मन पराइएको थियो । यो आमिरको सुपर फ्लप फ्लिम हो ।

जोन अब्राहमको फिल्म ‘अटैक’ ले ओटीटीमा बक्स अफिसको तुलनामा राम्रो प्रतिक्रिया पाएको थियो । विद्युत जामवालको फिल्म ‘खुदा हाफिज – २’ ओटीटी प्लेटफर्ममा हिट साबित भयो । जबकि हलमा यसले फ्लपको पगरी गुथेको थियो ।

प्रतिक्रिया