एमाले अध्यक्ष ओलीले अाज हुम्लाकाे अामसभामा सम्बाेधन गर्ने
नेपालखोज
२०७९ वैशाख ४ गते १०:४९

काठमाडौं । हुम्लाका तीन स्थानमा हुने आमसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् । अध्यक्ष ओली आज बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला जान लागेका हुन् ।
ओलीले पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्याली र जिल्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने छन् ।त्यसपछि जिल्लादक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
ओलीले नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गर्ने समेत कार्यक्रम रहेको एमाले पार्टी कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया