इथियोपियाले साउदीबाट ७ हजार नागरिक स्वदेश फर्कायो

काठमाडौं । इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ।इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार विदेश मन्त्रालयले पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिने भएको छ ।
इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएको छ । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।
विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ। यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।
गत मार्च महिनामा सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो। त्यसपछि राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।
पछिल्ला केही महिनायता नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले थालेको हो। इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका र तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ। इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन्। टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ ।
प्रतिक्रिया