महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म मिलाउने गठबन्धनकाे निर्णय
नेपालखोज
२०७९ वैशाख ४ गते १२:३९

काठमाडाैं । सत्ता गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म मिलाउने निर्णय गरेका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाउने निर्णय गरेको हाे ।
बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया