आइतबार, पुष ६, २०८२

डिस मिडिया नेटवर्कद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपालखोज २०७९ वैशाख ४ गते १३:०९

काठमाडाैं । डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत बालकल्याण आधरभुत विद्यालयमा एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ। ११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको हो।

डिश होमको उक्त कार्यक्रममा एक्यवद्धता जनाउदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट वाटर डिस्पेन्सर,पानिको जार , डस्टविन, लगायत अन्य सामाग्रीहरु विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाइ हस्तान्तरण गरेको हाे।

उक्त कार्येक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थापा , खेमराज देवकोटा ,सहकारीका प्रतिनिधिहरु , विद्यालयका शिक्षकहरु ,अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो। कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशैभरि बिद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको बताए ।

प्रतिक्रिया