शुक्रबार, वैशाख २६, २०८२

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

नेपालखोज २०७९ वैशाख ४ गते १३:१२
प्रतीकत्मक तस्बिर

दक्षिण कोरिया । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ ।

उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८:०० बजे (०९:०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो ।

दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् । रासस/एएनआई

प्रतिक्रिया