शुक्रबार, वैशाख २६, २०८२

दक्षिण कोरियामा काेराेना : ९३ हजार संक्रमित भेटिए

नेपालखोज २०७९ वैशाख ४ गते १४:११

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबारसम्म ९३ हजार नयाँ कोभिड-१९ संक्रमति भेटिएका छन् । यो सँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना संक्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको छ । एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना संक्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । खोपको दुई डोज प्राप्त गर्नेहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ । -रासस

प्रतिक्रिया