राप्रपाको धनुषामा शक्ति प्रदर्शन, अध्यक्ष लिङ्देन उत्साहित

नेपालखोज २०७९ वैशाख ४ गते १९:३२

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धनुषाको विरेन्द्र बजारमा शक्ति प्रदर्शन गरेका छन् । राप्रपा कमजोर मानिएको मधेसमा राप्रपाप्रतिको आकर्षण देखेर लिङ्देनले उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

आमसभालाई सम्बोधन गर्दै राप्रपालाई कमजोर नमान्न पनि उनले चेतावनी दिए । आगामी तीनै तहको निर्वाचनमा पार्टीले जनताको मन जित्ने दाबी गरेका छन् । उनले आगामी दिनमा नेतृत्वले पहिला गरेको गल्तीहरु नदोहोर्‍याउने स्पष्ट पारे । उनले राप्रपालाई एकपटक विश्वास गरेर हेर्न अनुरोध समेत गरे । उनले भ्रष्टचारलाई निर्मूल पार्न सकेमात्र देश विकास हुने बताए । उनले देशको मुख्य समस्या भ्रष्टचार रहेको बताउँदै भ्रष्टचारीलाई तह नलगाई देश विकास नहुने बताए ।

मधेसमा राप्रपाको कमजोर उपस्थिति रहँदै आएको थियो । तर राजेन्द्रले राप्रपाको नेतृत्व सम्हालेपछि देशभर राप्रपाको जनलहर बढेको देख्न सकिन्छ । अध्यक्षसँगै कार्यक्रममा सहभागी भएकी अभिनेतृ तथा नेतृ रेखा थापालाई एकजना महिलाले अंगालो हाले रोएको फोटोसमेत भाइरल बनिरहेको छ । रेखाले महिलालाई अंगालो हालेको फोटो सामाजिक सन्जालमा राखेको छिन् । उनले भनेकी छिन्, ‘केही जिम्मेवारी यस्ता हुन्छन जसलाई बहन गर्न ज्ञान-अनुभव र पद होइन, मुटु चाहिन्छ ।’

प्रतिक्रिया