राष्ट्र बैंकले पुनः १० अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने वैशाख छ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ साउन तीन गते र २०७९ कात्तिक एक गते तोकिएको छ । राष्ट्र बैकका अनुसार यि ट्रेजरीहरुमा पाँँच अर्ब रुपैंयाँको नयाँ रहेको छ भने बाँकी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि यही चैत्र २८ गते पनि राष्ट्र बैकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


प्रतिक्रिया