शुक्रबार, वैशाख २६, २०८२

‘युक्रेनी फौज मारिउपोलमा अन्तिम समयसम्म लड्नेछ’

नेपालखोज २०७९ वैशाख ५ गते ७:०३

काठमाडाैं । युक्रेनका प्रधानमन्त्री डेनिस श्मीहलले घेराबन्दीमा परेको मारिऊपोल सहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।

सो सहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमा सुरू भइसके पनि सहर रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भू-भाग रुसलाई दिने मनशाय नरहेको बताएका छन् । पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । बीबीसी

प्रतिक्रिया